पुष १८, याङ्वरकफोकस / प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको विरुद्ध लिम्बु समुदायको बाजा च्याब्रुङ ‘के’ बजाएर माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ । नागरिक समाजले गरेको साताव्यापी विरोध कार्यक्रममा शुक्रबार च्याब्रुङ ‘के’ बजाएर बिरोध प्रदर्शन गरिएको हो ।

कार्यक्रममा विभिन्न सचेत बौद्धिक, लेखक, कवि, कलाकार एवं नागरिकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा लेखक अर्चना थापा,  अभियान्ता विनोद लोहनी, डिबी आङबोङलगायतले मन्तव्य राखेका थिए । उक्त विरोध कार्यक्रमका संयोजक युग पाठकले यस किसिमको रचनात्मक विरोध प्रदर्शनलाई निरन्तरता दिने बताए ।

नागरिक समाजले माइतीघरमा प्रधानमन्त्रीको उक्त कदमको विरोध गर्दै विभिन्न एपिसोड बनाएर आन्दोलन गरिराखेको छ ।

प्रतिक्रिया लेख्नुहोस्