युमा साम्यो महासभा नेपालको पाँचथर जिल्ला शाखा गठन

194

पौष १८,याङ्वरकफोकस//
पान्थर जिल्लाको फेदेनबजारमा आज आयोजित स्थानीय सुसुवा लिलिम याक्थुङ लिम्बूहरूको एक भेलाले गम्भीर छलफल गरी युमा साम्यो महासभा नेपाल पान्थर जिल्ला शाखा गठन गर्ने निर्णय गरेको छ ।
स्थानीय समाजसेवी जकेन्द्र लावतीको सभापतित्व रहेको भेलामा युमा साम्यो महासभा नेपालका केन्द्रीय अध्यक्ष देबेन्द्र कुमार वनेम प्रमुख अतिथि र अतिथिहरूमा सोही संस्थाका केन्द्रीय सदस्य तथा शुभचिन्तकहरूः चित्र फागो वनेम, योबाहाङ तुम्बाहाङफे, डुक वनेम, बुद्धि चोङबाङ र सल्लाहकार आरबी पालुङ्वा रहनु भएको थियो ।
पान्थर जिल्लावासी अग्रज तुतु तुम्याहाङ, नाली थाङ्बेन, पेगिफाङसाम, थुङदाङबा, थुङदोबा, विद्वान, बुद्धिजीवी आदिको उपस्थिति र सर्वसम्मतिमा याक्थुङ लिम्बु जातिको परम्परागत प्राचिन मुन्धुमी मौलिक पहिचान, संस्कार, संस्कृति, परम्परा, चालचलन संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
याक्थुङ लिम्बूहरूको सो भेलाले स्थानीय समाजसेवी तुतु तुम्याहाङ जकेन्द्र लावतीको अध्यक्षतामा २४ सदस्यीय निम्नअनुसारका व्यक्तिहरू रहेको एक समिति चयन गर्यो।
कार्यसमिति
अध्यक्ष जकेन्द्र लावती
उपाध्यक्ष हरिभक्त जबेगु
सचिव सन्तोष जबेगु
सहसचिव ताराकुमार आङदेम्बे
कोषाध्यक्ष प्रत्युस कुरुम्बाङ
सदस्य हिमाल कुरुम्बाङ
” प्रेम सुहाङ
” डिकधोज लावती
” डिल्ली सिगु
” चन्द्रप्रकाश माङ्मु
” महेस कुमार फागो
” नोगेन आङदेम्बे
” क्षितिज चेम्जोङ
” शक्ति केरूङ
” रिवाज थाम्सुहाङ
” लालअञ्जान सम्बाहाङफे
” टेकेन्द्र चेम्जोङ
” सुमित्रा चेम्जोङ
” ध्वजबहादुर वनेम
सल्लाहकार
लक्ष्मण लावती
हेमकेलाङ जबेगु
भक्तिप्रसाद नेम्बाङ
कर्मसिंह थाम्सुहाङ
युमा धार्मिक–सांस्कृतिक अभियन्ता एवं शिक्षक हिमाल कुरुम्बाङको सकृयता एवं संयोजकत्वमा सम्पन्न उक्त भेलाले आसन्न २०७८ को राष्ट्रिय जनगणनामा जातिको महलमा याक्थुङ लिम्बू, पुख्र्यौली र मातृभाषाको महलमा याक्थुङ र धर्मको महलमा युमा धर्म लेख्ने लेखाउने प्रस्ताव सर्वसम्मतिले पारित गर्यो।

प्रतिक्रिया लेख्नुहोस्