पुष १९, याङ्वरकफोकस / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले पार्टी एकता टुङ्ग्याउन माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको छ । पेरिसडाँडामा आज (आइतबार) बसेको स्थायी कमिटी बैठकले नेपालको संयोजकत्वमा कार्यदल बनाउने निर्णय गरेको हो ।

बैठकमा कार्यदलले पार्टीभित्रका विभिन्न जिम्मेवारी टुङ्गो लगाउने, बाँकी काम पूरा गर्ने, पार्टी एकीकरणका काम पूरा गर्ने, प्रतिनिधि सभा विघटनविरुद्ध घोषित आन्दोलनलाई अझ सशक्त बनाउने लगायतबारे छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

स्थायी कमिटी बैठकले आन्दोलनलाई कसरी सशक्त बनाउने भन्नेबारे साेमबार पुनः छलफल बस्ने नेताहरूले बताए ।

प्रतिक्रिया लेख्नुहोस्