पुष २१, याङ्वरकफोकस / प्रदेश-१ मा पछिल्लो २४ घण्टामा थप ३० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा प्रदेश नम्बर १ को इलाममा १० जना, मोरङमा ९ जना, सुनसरीमा ८ जना, धनकुटामा १ जना र संखुवासभामा २ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यस संगै नेपालमा पछिल्लो २४ घण्टामा ५२२ जनामा कोरोना संक्रमण देखिएको र ५७८ जना कोरोना संक्रमण मुक्त भएको भनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । साथै थप आठ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्