पुष २३, याङ्वरकफोकस / प्रदेश-१ मा पछिल्लो २४ घण्टामा थप १९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा प्रदेश नम्बर १ को तेह्रथुममा १ जना, झापामा ४ जना, मोरङमा ५ जना, सुनसरीमा ८ जना र धनकुटामा १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यस संगै नेपालमा पछिल्लो २४ घण्टामा ४१२ जनामा कोरोना संक्रमण देखिएको र ४८३ जना कोरोना संक्रमण मुक्त भएको भनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । साथै थप चार जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्