पुष २४, याङ्वरकफोकस / संसद विघटन गैरसंवैधानिक भन्दै चार पूर्व प्रधानन्यायाधीशहरुले संयुक्त विज्ञप्ति निकालेका छन् । वर्तमान संविधानले सरकार गठनको विकल्प नरहेको अवस्थामा मात्र प्रतिनिधिसभा विघटन हुनसक्ने भन्दै आज पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले विज्ञप्ति जारी गरेका हुन् ।

नेपालको संविधानको धारा ७६ मा मन्त्रिपरिषद गठन गर्ने सिलसिलामा वा सो प्रयोजनको लागि बाहेकको कुनै पनि अवस्थामा पनि प्रतिनिधि सभा विघटन गर्ने अधिकार एवं व्यवस्था नगरिएको अवस्थामा पनि आकर्षित नहुने धारा ग्रहण गरी प्रतिनिधि सभा विघटन गरिएको पाइन्छ । कुनै घटना विशेषले संविधानको दिशा परिवर्तन हुन नसक्ने पनि विज्ञप्तिमा उल्लेख छ।

दलहरुको आन्तरिक द्वन्द्व वा खिचलोजस्तो कुनै परिस्थितिले जुन प्रयोजनको लागि जे कुरा गर्न व्यवस्था गरिएको छ सो बाहेकको कार्यमा उक्त धारा आकर्षित हुन नसक्ने र स्पष्ट रुपमा संविधानले अधिकार दिएमा बाहेक प्रतिनिधिसभा विघटन गर्ने जस्तो अधिकार आफूमा अन्तर्निहीत रहेको भन्न, अधिकार सिर्जना गर्न वा ग्रहण गर्न मिल्ने अवस्था देखिँदैन भनी विज्ञप्तिमा भनिएको छ ।

संयुक्त विज्ञप्ति

प्रतिक्रिया लेख्नुहोस्