पुष २५, याङ्वरफोकस / मोडल तथा निर्देशक मदन सेलिङ लिम्बुको निर्देशनमा रहेको “हात्ती छाप चप्पल” म्युजिक भिडियो सार्वजनिक गरिएको छ । मेरो अनलाइन टिभी युट्युब च्यानलबाट अङ्ग्रेजी नयाँ वर्षको दिन गीत सार्वजनिक गरिएको हो ।

गीतकार वचन बेघाको शब्द संगीत रहेको उक्त गीतमा गायक हेमराज बेघा र चर्चित गायिका मेलिना राईको आवाज रहेको छ ।

भिडियोमा मोडल मदन सेलिङ लिम्बू, आशिष राई, प्रिती तामाङ, बिम्बु मगर र अस्मिता तामाङको उत्कृष्ट अभिनय देख्न सकिन्छ । मेघराज मङ्ग्रातीको छायांकन/सम्पादन रहेको भिडियोलाई दिनेश माङमु लिम्बुले कोरियोग्राफर गरेका हुन् ।

“हात्ती छाप चप्पल” भिडियोमा

प्रतिक्रिया लेख्नुहोस्