पुष २५, याङ्वरकफोकस / प्रधानमन्त्री केपि शर्मा ओली समूहका समर्थनले काठमाडौंमा वृहत् धोती जुलुस प्रदर्शन गरेको छ । आज (शनिबार) दिउँसो मधेशका नागरिकले धोती लगाएर ‘धोती जुलुस’ निकालेका हुन् ।

प्रदर्शनकारीहरूले ‘धोती, कुर्ता, गम्छा मधेशीके शान बा, केपी ओली हमनी सबके जान बा’ नारा सहितको जुलुस गरेका हुन् । उक्त जुलुस राष्ट्रिय युवा संघले आयोजना गरेको हो । जुलुसको नेतृत्व नेता महेश बस्नेत लगायतले गरेका थिए ।

जुलुस बबरमहलबाट निस्केर माइतीघर हुँदै प्रज्ञा भवन पुगेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्