छथर,शुक्रबारे – तेह्रथुम /पौष २५ सनिवार २०७७

छथरको शुक्रबारे बजारमा साँवा वंश उत्थान समितिको १ दिने विस्तारित बैठक सम्पन्न भएको छ । हाङ्बेरु हाङ् साँवा वंशावली निर्माणको कामलाई तिब्रता दिने, संस्थाले प्रकाशन गरेको वंशावली मस्यौदा र अपिल प्रत्येक घर घरमा वितरण गर्ने लगायतका विविध विषयमा निर्णय गरिएको कुरा संस्थाका कोषाध्यक्ष वाल कुमार साँवाले बताएका छन् ।

पान्थर, झापा, मोरङ र इलाम समितिको समेत उपस्थिति रहेको उक्त बैठकलाई संस्थाका केन्द्रीय अध्यक्ष दिल साँवाको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन संस्थाका महासचिव मनिन्द्र साँवाले गर्नु भएको थियो ।

(सुमन सहयात्री)

प्रतिक्रिया लेख्नुहोस्