पुष २६, याङ्वरकफोकस / प्रदेश-१ मा पछिल्लो २४ घण्टामा थप १७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा प्रदेश नम्बर १ को झापामा १ जना, मोरङमा ८ जना, सुनसरीमा ४ जना, भोजपुरमा १ जना र उदयपुरमा ३ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यस संगै नेपालमा पछिल्लो २४ घण्टामा ३,३९९ जनामा परिक्षण गर्दा २५९ जनामा कोरोना संक्रमण देखिएको र ५१३ जना कोरोना संक्रमित मुक्त भएको भनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । साथै थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

आजसम्म नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ८२ हजार २ सय ४६ पुगेको छ । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५८ हजार ४ सय ४१ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्