पुष २७, याङ्वरकफोकस / प्रदेश-१ मा पछिल्लो २४ घण्टामा थप १९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा प्रदेश नम्बर १ को तेह्रथुममा १ जना, पाँचथरमा १ जना, इलाममा २ जना, झापामा ४ जना, मोरङमा ८ जना, सुनसरीमा १ जना, धनकुटामा १ जना र सोलुखुम्बुमा १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यस संगै नेपालमा पछिल्लो २४ घण्टामा ५,३०९ जनामा परिक्षण गर्दा ४८८ जनामा कोरोना संक्रमण देखिएको र ५२७ जना कोरोना संक्रमित मुक्त भएको भनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । साथै थप १० जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

आजसम्म नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ८७ हजार ५ सय ५५ पुगेको छ । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५८ हजार ९ सय ६८ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्