पुष २७, याङ्वरकफोकस / स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले कोरोना विरुद्धको खोप चाडैं नेपालमा ल्याउने र खोप नि:शुल्क उपलब्ध हुने प्रतिवद्धता जनाएका छन् । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री त्रिपाठीले खोप छिटो नेपाल भित्र्याउन सरकारीस्तर सँगसँगै व्यक्तिगत रूपमा समेत आफूले प्रयास गरिरहेको बताए ।

उनले भने, ‘मैले व्यक्तिगत सम्बन्ध पनि प्रयोग गरिरहेको छु, मेरो व्यक्तिगत सम्बन्ध भएका राष्ट्रका व्यक्तिसँग भरपुर प्रयास गर्दै खोप छिटोभन्दा छिटो ल्याउने प्रक्रियामा छौं, खोप अभियान पारदर्शी ढंगले सञ्चालन हुनेछ ।

खोप कार्यक्रमलाई सरकारले अभियान र मिसनको रूपमा लिएको मन्त्री त्रिपाठीले बताए । ‘विश्वले नै खोपलाई प्राथमिकता दिइरहेको छ, हामीले पनि प्राथमिकता दिएका छौं,’ मन्त्री त्रिपाठीले भने ।

खोप जोखिममा रहेका र अग्रपंक्तिमा खटिएका जनशक्ति तथा ५५ वर्ष उमेर पुगेका नागरिकलाई शुरूमा दिइने त्रिपाठिले बताए ।

उनका अनुसार खोप अभियान सञ्चालनका लागि कानूनी जटिलता समाप्त भइसकेका छन् । आर्थिक रूपले अर्थ मन्त्रालयले सुनिश्चित गरिसकेको छ ।

प्रतिक्रिया लेख्नुहोस्