पुष २७, याङ्वरकफोकस / झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा सोमबार साँझ आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ । दमक नगरपालिका वडा नम्बर-३ भुटानी शरणार्थी शिविरको सेक्टर डि फोर हट नम्बर ३२५ मा आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आगलागीमा परि ६० वर्षीय देशमान राईको मृत्यु भएको छ । आगलागी हुँदा उनी छाप्रोभित्रै थिए ।

एकैचोटि आगो लागेपछि छाप्रोभित्र सुतेका राईलाई उद्धार नसकिएको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी प्रहरी नायक उपरीक्षक राकेश थापाले जानकारी दिए । मृतक अपाङ्ग रहेको थापाले बताए ।

थापाका अनुसार आगलागीको पनि कारण खुलिसकेको छैन । स्थानीय, प्रहरी र दमक नगरपालिकाको दमकलको सहयोगमा आठ बजे सम्ममा आगो नियन्त्रण गरिएको थियोे ।

प्रतिक्रिया लेख्नुहोस्