पुष २७, याङ्वरकफोकस / दक्षिण कोरीयामा प्रवासी नेपाली एकता मञ्चले नेतृत्व हस्तान्तरण गरेको छ । मञ्चको अध्यक्ष परशुराम सापकोटा मातृभूमि फर्कीएपछि रिक्त रहेको उक्त पदमा आइतबार केन्द्रीय कमिटीको बैठकले सिर्जना नेपालीलाई चयन गरेको हो ।

मञ्चले विज्ञप्ति जारी गर्दै सचिवमा आन्जन कुलुङ राई लगायत ५७ जनाको केन्द्रीय समितिमा बिनोद खनाल, सुजन पण्डित, माधव अर्याल, मदन कृष्ण झुजेल, दिलिप दहाल, भवानी बेघा, सन्दिप बि. क., सन्तोष श्रेष्ठ, सुरज ठकुरी, वीर कुमार ओली, टिकाराम पोखरेल, बिनोद खनाल (गुल्मी), दीपक खनाल, गणेश आले मगर, टिबि घर्तिमगर, सुरज दर्लामी मगरलाई थप गर्ने निर्णय रहेको जनाएको छ ।

उक्त बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य,प्रवास संयोजक तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार कमरेड राजन भट्टराईको प्रमुख आतिथ्य रहेको थियो ।

नेपाली जनताको चाहाना अनुसार स्थिर सरकार र त्यस मार्फत तिब्र विकासमा एकताबद्ध प्रयास गर्नुको सट्टा केहि नेताहरुको नितान्त ब्यक्तिगत महत्वकांक्षा पुरा गर्न पार्टी भित्र गुटगत क्रियाकलाप गर्दै संबैधानिक र कानुनी प्रकृयाबाट सहज हुने कामहरुलाई हुनै नदिने र सरकारको कामलाई परिणाममुखी हुन नदिने र पदहरुमा सौदाबाजि गर्दै जनमतको यथोचित सम्मान नभएको सन्दर्भमा सम्माननिय प्रधानमन्त्रीले गर्नु भएको प्रतिनिधि सभाको बिगठन र ताजा जनादेशको लागि निर्वाचनको घोषणा प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाले स्वागत गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन र ताजा जनादेशमा जान निर्वाचनको मिति घोषणा गरेको कदम स्वागत योग्य रहेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया लेख्नुहोस्