पौष २८ मंगलबार २०७७/याङवरक फोकस
अफगानिस्तानको दक्षिणी भागमा पर्ने दुई ओटा प्रान्तमा अफगान सुरक्षा अधिकारीहरुको कारबाहीमा परी कम्तीमा २४ तालिबान लडाकू मारिएको अफगान सैनिक स्रोतले सोमबार बिहान जानकारी दिएको छ । यस कारबाहीमा परी अन्य १३ लडाकू घाइते भएका पनि उक्त स्रोतले जनाएको छ ।

उरुज्गान प्रान्तमा ११ तालिवान लडाकु मारिनुको साथै अन्य आठ घाइते भएका छन् भने छिमेकमा पर्ने अर्को प्रान्त कान्दाहारमा १३ जना मारिनुको साथै अन्य पाँच घाइते भएका पनि उक्त श्रोतले थप जानकारी दिएको छ । अफगान सुरक्षा अधिकारीले तालिबान लडाकूविरुद्ध जारी राखेको सुरक्षा कारबाहीमा निकै हदसम्म सफलता प्राप्त भएको जनाएको छ ।

सन् २०११ बाट सरकारसँग लडाई गर्दै आएका तालिबान लडाकूहरुले सरकारी व्यक्तित्व र सुरक्षा बललाई लक्ष्य गर्दै आक्रमण गर्ने गरेका छन् । सो आक्रमणहरुमा बारम्बार सर्वसाधारणहरूले ज्यान गुमाउने क्रम जारी नै रहेको छ । – एजेन्सी

प्रतिक्रिया लेख्नुहोस्