पौष २८/महा नायक राजेश हमाल र नायिका नीता ढुंगानाको अभिनय रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएकोछ। गायिका लक्ष्मी आचार्यको ‘आफ्नै नाम मन पर्यो’ बोलको गीतमा राजेश हमाल र नीताको अभिनय हेर्न सकिन्छ ।

कुलेन्द्र विश्वकर्माको पनि यो गीतमा स्वर छ । प्रलाद सुवेदीको शब्द र बसन्त थापाको संगीतमा तयार भएको गीतको भिडियोलाई फिल्मी शैलीमा तयार पारिएको छ । शिव वीकको निर्देशन रहेको भिडियोमा सौरभ लामाको छायांकन, तारा थापाको सम्पादन छ ।

प्रतिक्रिया लेख्नुहोस्