पुष २८, याङ्वरकफोकस / सर्वोच्च अदालतले कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुला गरिदिएको छ । आज (मंगलबार) न्यायधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले पाठ्यक्रम सम्बन्धी परेको मुद्दा खारेज गर्दै नयाँ पाठ्यक्रम लागू गर्न निर्देशन दिएको हो ।

प्रारूपअनुसार पाठ्यक्रम बनेर कार्यान्वयनमा गएको आठ महिनापछि अदालतमा भगवता अर्यालले अधिकार क्षेत्रको विषयमा प्रश्न उठाउँदै रिट दायर गरेकी थिइन् ।

नयाँ पाठ्यक्रम लागु गर्न नहुने भन्दै अर्याल लगायतले पाठ्यक्रम विकास केन्द्र, पोखरा विश्वविद्यालय, मध्यपश्चिम, सुदुरपश्चिम, पूर्वाञ्चल, काठमाडौं र कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

उक्त रिटमा न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ कार्यान्वयन नगर्नू, यथास्थितिमा राख्नु’ भन्ने अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्