माघ १, याङ्वरकफोकस / प्रदेश-१ मा पछिल्लो २४ घण्टामा थप २० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा प्रदेश नम्बर १ को ताप्लेजुङमा १ जना, इलाममा १ जना, झापामा २ जना, मोरङमा ८ जना, सुनसरीमा ४ जना, धनकुटामा १ जना, खोटाङमा १ जना, ओखलढुंगामा १ जना र उदयपुरमा १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यस संगै नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ३२ जनामा परिक्षण गर्दा ४०३ जनामा कोरोना संक्रमण देखिएको र ४०५ जना कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा पुष्टि भएको छ । साथै थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

आजसम्म नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख २ हजार ४२ जना पुगेको छ । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६० हजार १ सय ७७ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्