सबैभन्दा ठूलो आइपिओ आजबाट, कति कित्ता भर्दा ठिक?

114

माघ २,याङ्वरक्फोकस// नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नेपालको पुँजी बजारको इतिहासमै सबै भन्दा ठूलोे आईपीओ आज माघ २ गते बाट खुल्ला भएको छ ।

बैंकले आठ अर्व बराबरको सार्वजनिक निष्काशन यहि आज माघ २ गते देखि ६ सम्म ल्याउन लागेको हो । यस निष्काशनका लागि बैंकले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई आफ्नो बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

यो निष्काशन सम्बन्धी सम्पूर्ण कार्य एनआईबीएल एस क्यापिटल लिमिटेडमार्फत हुन गईरहेको बैंकले जनाएको छ । 

जम्मा २० अर्व चुक्ता पुँजी रहेको यस बैंकको १२ अर्व संस्थापकहरुबाट चुक्ता भैसकेको छ भने बाँकी रकम यस निष्काशनबाट चुक्ता हुने बैंकले जनाएको छ । 

हाल पुँजी बजारको अवस्थालाई अध्ययन गर्दा यो आईपीओका लागि आवेदन दिने सबै आवेदकहरुको हात खालि नहुने अनुमान गरिएको छ । 
 
कति दिने त आवेदन ?
अहिले आइपिओ भर्नेहरुको संख्या धेरै नै बढेको छ। केहि दिन अघि खुलेको चन्द्रागिरी हिल्स लिमिटेडको आइपिओमा १२ लाख ५१ हजार ९३८ जनाले आवेदन गरेका थिए। त्यो भन्दा अगाडि खुलेको प्रभु लाईफ इन्स्योरन्स लिमिटेडको आइपिओमा १० लाख ८२ हजारले भरेका थिए।

यि तथ्याङ्कहरुबाट अनुमान लगाउन सकिन्छ कि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आइपिओमा पनि यो भन्दा बढिको आवेदन पर्न सक्छ। त्यसैले ७० देखि ८० कित्तासम्म सबैले पाउन सक्छन कि भन्ने अनुमान गर्न सकिन्छ। त्यसैले पैसा भएसम्म ९० वा १०० कित्तासम्म भर्दा उचित देखिन्छ।

प्रतिक्रिया लेख्नुहोस्