याक्थुङबा (कविता)

✍️माबोहाङ मोहन

म सदियौ युगको ,
युगान्तकारी याक्थुङबा,
याक्थुङबा, याक्थुङमा ले जन्म दिएको ,
लिम्बुवानको मालाजेको खाम्बेक माथि ,पक्लुङ,हान्दै हुर्केको ,
म त्यो याक्थुङबा हुङ
आँगनमा, येगेसिङ ,रोपेर
मुन्धुम उमार्ने याक्थुङ ,
तङसिङ्ग मा ,खेमा टाट्ना ,र सि:लाम साक्माले
जीवन सुरक्क्षीत बाँध्ने याक्थुङ ,
सेक्मुरि,अन्दङ,सिंङजागो,लेवासेन फुलले ,
फुङ्वा चाङ्मा गर्दै ,
संङ्वा ,चेलि,हरुको शिर उच्च गर्दै ,
तिनी हरुको जीवन फुलाउने याक्थुङ ,
तरङ,ताङ्साङ,सुरित्,केजङ्,वाहङ,वारक,
यि जीवन्त प्रकृति हरुसंग ,अमिट संबंन्ध राख्दै ,
यिनै प्रकृतिका देव हरुलाई पुजागर्ने मौलिक याक्थुङ ,
तिनराते तङ्सिङमा तिनदिन तिनरात मुन्धुम गाउदै ,
सेरि,लराङ झार्ने पानि खाएर आगो ओकल्ने याक्थुङ,
हो म त्यै याक्थुङबा हो।
लेक,बेँसि ,तराई ,पहाड ,खोलानाला ,हाटबजार,
भञ्ज्याङ अनि चौतारीमा हरुमा,
मुचुङ्गा,बिनायो,अनि च्याब्रुङको तालमा ,
पालाम ,ख्यालि अनि हाक्पारे गाउदै
लुङवा,लुङ्वामा हरु संग ,
बालाचतुरे,दुतिया,त्रिवेणी ,महानवमी मेलामा ,
चिसो सिरेटोको सितहरु माथि ,
जीवन हरुलाई जीवन्तता दिने याक्थुङबा,
चनजनलुङ,फक्ताङलुङ,मुक्कुमलुङको ,शिरमा
अस्तित्व हरुलाई बचाई राख्ने याक्थुङबा ,
हो म त्यसरिनै अरुण ,तमोर,काबेलि,जसरिनै
निरन्तर ,निरन्तर ईतिहासको नदिमा बगिरहने याक्थुङबा,
अस्तिवको प्रत्येक साँझ पछिको वीहानि हरुमा
ईङ्वा संगसङ्गै अस्तित्वको गगन मा
तान्छोप्पा झैं सुनौलो वीहानी लिएर
टिलपिल उदाउँदो याक्थुङबा ।

प्रतिक्रिया लेख्नुहोस्