माघ ५ सोमबार २०७७/ याङवरक फोकस

सविना योङहाङ र पृथ्वीमान तुम्खेवाको स्वरमा रहेको ‘मिर्मिरे बिहानी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

एसपी निङ्लेकुको शब्द रचना, कुमार बिकेको संगीतमा तयार भएको गीत पृथ्वी र सविनाले गाएका छन् । सविना नेपाल आइडलमा सहभागी भएर चर्चामा आएकी थिइन् भने पृथ्वीमान नेपालको प्रशासनतर्फ अधिकृत पदमा सेवारत छन् ।

भिडियोमा पृथ्वीमान आफैले नाचेका छन् भने उनलाई मोडल गोमा योङहाङले साथ दिएकी छिन् । कोरसमा श्रेया लिम्बू, प्रविना लिम्बू, सोनिया लिम्बू, दजेन्द्र राई, राज परियारले साथ दिएका छन् ।

म्युजिक भिडियोमा महेश सिग्देलको श्रृङ्गार, शिरकुमार साम्पाङ र दिनेश(सुविन)राईको छायांकनमा बनेको भिडियोमा जेनिशा गिरीले कोरियोग्राफ गरेकी हुन भने बसन्त वाम्बुले राईले सम्पादन गरेका छन् ।

“मिर्मिरे बिहानी” भिडियो सिमिक्लुङ दर्पणबाट हेर्न र सुन्न सकिनेछ ।

प्रतिक्रिया लेख्नुहोस्