माघ ६/अर्जिन्टिनाका फर्वार्ड तथा स्पेनिस क्लब बार्सिलोनाका कप्तान लिओनल मेस्सीलाई दुई खेलमा प्रतिबन्ध लगाइएकोछ।

आज स्पेनिस फुटबल संघले मेस्सीमाथि आगामी दुई खेलमा प्रतिबन्ध लगाउने फैसला गरेको हो । दुई दिनअघि सुपर कपको फाइनल खेल दौरान एट्लेटिको बिल्बाओको खेलाडीमाथि मेस्सीको खराब व्यवहारका कारण अनुशासनहीन रहेको ठहर गर्दै फुटबल संघअन्तर्गतको अनुशासन समितिले मेस्सीमाथि आज प्रतिबन्धको निर्णय गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस्