माघ ७/एबीएस मोटरसाइकल तथा गाडीहरुमा प्रयोग गरिएको ब्रेकिङ सिस्टमलाई चुस्त बनाउने प्रविधि हो । यसको प्रयोगले एक्कासी ब्रेक लगाउनु पर्दा टायरलाई फस्न वा जाम हुनबाट बचाउछ ।

अचानक हुन सक्ने दुर्घटना रोक्न यसले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यसको सहयोगले ब्रेक अचानक लगाउँदा मोटरसाइकलको सन्तुलन बिग्रदैन । स्ट्यान्डर्ड डेफिनेशनका अनुसार सामान्यतया एक्कासी ब्रेक लगाउँदा मोटरसाइकल असन्तुलन हुन्छ । जसले मोटरसाइकल घिस्रिने, फनक्कै घुम्ने वा पल्टिने डर हुन्छ । तर एबीएस प्रविधिको प्रयोग भएका मोटरसाइकलमा यस्तो समस्या आउँदैन र यात्रा सुरक्षित हुन्छ ।

प्रतिक्रिया लेख्नुहोस्