माघ ७, याङ्वरकफोकस / संसद विघटन विरुद्ध नेकपा (प्रचण्ड-नेपाल) समूहले बृहत मोटरसाइकल र्‍याली प्रदर्शन गरि विरोध गरेका छन् । उनीहरुले प्रतिनिधि सभा विघटन विरुद्ध आज काठमाडौँमा दिउँसो र्‍याली निकालेको हो ।

मोटरसाइकल र्‍याली भृकुटीमण्डपबाट सुरु गरी पुतलीसडक, बागबजार, शहीदगेट, त्रिपुरेश्‍वर, थापाथली, कुपण्डोल, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर हुँदै तीनकुनेमा पुगेर कोणसभामा परिणत भएको थियोे ।

र्‍यालीमा सूर्य चिन्ह भएको झण्डा र नेपालको राष्ट्रिय झण्डा बोकि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा लगाएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्