माघ ७, याङ्वरकफोकस / लोकप्रिय कार्यक्रम “सिधा कुरा जनतासँग” कार्यक्रमका प्रस्तोता रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडेको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा बुधबार एक स्टाटस लेख्दै लामिछानेले भोलि प्रसारण हुने कार्यक्रमनै न्युज २४ टेलिभिजनमा बज्ने अन्तिम कार्यक्रम हुने उल्लेख गरेका छन् ।

“सिधा कुरा जनता सँग” कार्यक्रम सञ्चालन गर्दै आएका लामिछानेले कार्यक्रम मार्फत जनचासो, भ्रष्टाचार, अन्याय अत्याचार र जनताको समसामयिक विषयमा आवाज उठाउँदै आएका थिए ।

लामिछानेको भनाई अनुसार चाडै अर्को टेलिभिजन च्यानल मार्फत नयाँ कार्यक्रम लिएर आउने बुझिएको छ ।

कार्यक्रम प्रस्तोता रवि लामिछानेले लेखेको स्टाटस

प्रतिक्रिया लेख्नुहोस्