९माघ /२०२१ को सुरुवातसँगै मोटरसाइकल विक्रेता कम्पनीहरुले आफ्ना मोडलहरुको मूल्य वृद्धि गर्न थालेका छन् । यामाहा मोटसाइकलको लागि नेपालको आधिकारिक एमएडब्ल्यू इन्टरप्राइजेजले आफ्ना अधिकांश मोडलको मूल्य वृद्धि गरेको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार प्रायः सबै मोटरसाइकलको मूल्य बढेको छ ।

कम्पनीले सबैभन्दा धेरै एमटी १५ र आर १५ भी ३ को मूल्यमा ८ हजार रुपैयाँले वृद्धि गरेको छ । त्यसैगरि एफजेडएस भी ३ को मूल्यमा ६ हजार रुपैयाँले वृद्धि गरेको छ ।

त्यस्तै कम्पीले यामाहा रेजेडआर १२५ एफआई स्कुटरको मूल्यसमेत बढाएको छ । कम्पनीले रेजेडआर १२५ एफआइ स्ट्रीट र्यालीमा ७ हजार र रेजेडआर १२५ एफआइको मूल्यमा ५ हजार रुपैयाँले बढेको छ । फसिनो १२५, सलुटो, एसजेडआरआर, एफजेडएस भी २ , भी ३, एमटी १५ एफजेडएस २५ लगायत अन्य मोडलको समेत मूल्य वृद्धि गरिएको छ ।

कम्पनीले एक्सटीजेड १२५, एनम्याक्स १५५ र फेजर २५ को मूल्य भने यथावत राखेको छ ।

प्रतिक्रिया लेख्नुहोस्