माघ ९, याङ्वरकफोकस / सरकारकाद्वारा प्रतिबन्धित रहेको नेत्रविक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भोलि (शनिवार) ‘नेपाल बन्द’ को आह्वान गरेको छ । आफ्नो पार्टीका केन्द्रीय सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’को गिरफ्तारी विरुद्ध विप्लव समूहले बन्दको आयोजना गरेको हो ।

विप्लव समूहका ब्युरो र जिल्ला समितिहरुले पनि विभिन्न जिल्लामा शनिवार बन्दको कार्यक्रम रहेको भन्दै विज्ञप्ति जारी गरेका छन् ।

 

प्रतिक्रिया लेख्नुहोस्