मृगौला पीडित श्रवण कुमार काम्बाङलाई द.कोरियाबाट रु.१,१३,३६०|- (एक लाख तेह्र हजार तीन सय साठी)सहयोग उपलब्ध गराइएको छ।उक्त रकम द.कोरियामा कार्यरत पहलकर्ताहरु सुशील काम्बाङ,बिद्रोस काम्बाङ,बिमल माबो र बिक्रम काम्बाङको सक्रियतामा द.कोरियामा कार्यरत नेपालीहरुबाट संकलन भएको हो।

बिगत लामो समय देखि मृगौला पीडित हुनुभएका पाँचथर जिल्ला याङ्वरक गाउँ पालिका वार्ड नं ४ (साविक थर्पु ४)बस्ने शेर बहादुर काम्बाङको छोरा बर्ष ४२ को श्रवण कुमार काम्बाङ बिगत लामो समयदेखी दुबै मृगौलाले काम नगरेकोले हाल काठमाडौ टिचिङ हस्पिटलमा उपचाररत रहेको र स्वास्थ अवस्था अत्यन्तै नाजुक रहेकोले तुरुन्त मृगौला प्रत्यरोपणको लागि आर्थिक अवस्था कम्जोर भएकोले सहयोगको आवश्यकता भएकोले देश बिदेशबाट सहयोग अनुरोध गरिएको छ।

द.कोरियाबाट जम्मा भएको रकम जिएमइ मार्फत पीडितका आफन्त धनकुमार काम्बाङ्को बैंक खातामा पहलकर्ता बिद्रोस काम्बाङद्वारा जम्मा गरिएको छ ।
#

प्रतिक्रिया लेख्नुहोस्