माघ १२, याङ्वरकफोकस / प्रदेश-१ मा पछिल्लो २४ घण्टामा थप पाँच जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा प्रदेश नम्बर १ को झापामा ३ जना र सुनसरीमा २ जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रदेश १ मा २ जना आइसियु रहेका छन् र कोही पनि कोरोना संक्रमित भेन्टिलेटरमा छैनन् ।

यस संगै नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ५८ जनामा परिक्षण गर्दा ३३९ जनामा कोरोना संक्रमण देखिएको र ४०१ जना कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा पुष्टि भएको छ । साथै थप १० जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

आजसम्म नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ४८ हजार १ सय १३ जना पुगेको छ । नेपालमा निको हुनेको संख्या २ लाख ६४ हजार ५ सय ३८ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्