माघ १२ सोमबार २०७७

झापा जिल्लाको कन्काई नगरापलिका ७ स्थित दुर्गापुरमा “पेवा कृषि फर्म”को विधिगत उद्घाटन गरिएको छ ।
कृषिलाई आधुनिकरण गर्दै कृषिजन्य वस्तुहरुको आपूर्ति गराइ व्यवसायिक बन्ने उदेश्यका साथ सोमबार दुर्गापुर बजारमा फर्मको उद्घाटन गरिएको हो ।
फर्मको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा रंगवादी कवि धर्मेन्द्र नेम्बाङले कृषि मात्र एउटा विकल्प भएकाले शिक्षित युवाहरुले कृषिलाई प्राथमिकता दिनुपर्ने बताए । उनले कृषि र बैदेशिक विप्रेषणले राष्ट्रको अर्थतन्त्र धानेको भन्दै दुवै क्षेत्रलाई सरकारले उपेक्षा गरेको बताए ।

कार्यक्रममा कवि मौलश्री लिम्बु,राजकुमार अनिश्चित सुब्बा, बिराट किराती, पुष्पहाङ लोवा, सिरेन बान्तवा, समदर्शी काइला, अबिशेक नेम्बाङ, किरात याक्थुङ चुम्लुङका कन्काई नगर अध्यक्ष रुद्र तबेबुङ, भक्त मेयाङबो, प्रेम फेम्बु, निर्मल आङ्थुपो लगायतको उपस्थिति रहेको थियो । उक्त कृषि फर्ममा राँगा ,लोकल कुखुरा, सागसब्जी, माछा, खरायो, बट्टाई, हाँस, लगायतका कृषिजन्य जिवजन्तुहरु लगाइने फर्मका प्रोपाइटर इक्साहाङ चेम्जोङले बताएका छन् ।
उक्त “पेवा कृषि फर्म” संचालकन गर्नको लागि २५ कठ्ठा जग्गा भाडामा लिएर व्यवसायिक कृषि गर्न लागिएको हो । लेखक तथा सामाजिक अभियान्ता टंक सेलिङले समेत उक्त फर्ममा लगानी गरेका छन् । यस लगानीलाई स्थानीयहरुले समेत प्रशंसा गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्