माघ १३, याङ्वरकफोकस / पान्थरको याङवरक गाउँपालिका-२ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,नेपाल सम्बद्ध संघीय लिम्बुवान मञ्च,नेपालको वडा कमिटि गठन गरिएको छ । मञ्चले आज (मंगलबार) याङ्वरक गाउँपालिका वडा नम्बर २ फलैचामा एक कार्यक्रम गरि वडा कमिटी गठन गरेको हो ।

प्रान्तिय महासचिव संगम खनालको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रम बाट २० सदस्यीय कमिटी गठन गरिएको छ ।

उक्त कार्यक्रम बाट अध्यक्षमा खड्क बेघा, उपाध्यक्षमा महेन्द्र पौडेल र शम्शेर बेघा, सचीवमा चन्द्र माङमु, सहसचिवमा लोकेन्द्र बेघा र अर्थसचिवमा मन्जु माङमु चयन भएका छन् । त्यस्तै सदस्यहरुमा मनकुमार माङ्मु, टार्जन योग्याङ्ग, यज्ञराज बेघा, बेनबहादुर बेघा, विष्णु बेघा, टिकामाया बेघा, सविन बेघा, युवराज बेघा, विवेक बेघा, स्वेणिम बेघा, अमृता बेघा, विमला बेघा र बिमल बेघा चयन भएका छन् । सल्लाहकारमा लोक बहादुर माङ्मु रहेका छन् ।

कार्यक्रममा प्रान्तिय महासचिव संगम खनाल, एल्भी उपकमान्डर सागर बेघा, जिल्ला युवा सचिव रामचन्द्र नेम्बाङ, याङवरक गाउँपालिका कार्यबाहक अध्यक्ष दिलकुमार लक्सम, याङ्वरक गाउँपालिका युवा मञ्च अध्यक्ष भिम लिङ्देन, प्रवास कार्य समिति कोरियाको पुर्व अध्यक्ष रमेश लक्सम, आश्मिन इधिङ्गो लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्