माघ १४ बुधबार २०७७, याङवरक फोकस

बाल्यावस्थामा हुनुपर्छ । अझ, किशाेरावस्थामा । घरमा प्रसङ्गवश कुरा भइरहन्थ्याे । लाहुरे परिवारमा लाहुरे लाग्ने मात्रै कुरा नभएर लाहुरेबारे पनि प्रसङ्गहरू उप्किन्थे । लाहुरे लागेर अाैसतमा सम्पत्ति अार्जनका कुरा सामान्य भए । तर, पल्टनघरभित्रै रहेर पनि उल्लेख्य प्रगति गर्ने जानकारीहरूले भने उर्जा दिन्थ्याे । अन्तरअात्माबाट लाहुरे लाग्ने कुरा कहिले अाएन । तर, यदि ‘लाहुरे’ नै हुने भए के के गर्न सकिएला भनेर मनमा सूची चाहिँ बन्थ्याे ।

ताप्लेजुङका चन्द्र लक्सम्बाकाे नाम बारम्बार घरमा अामाबुवाले लिइरहन्थे । सम्भवत: लाहुरे भएर पनि विद्यावारिधि गर्ने उनी पहिलो हुन् भन्ने कुराले मनमा उत्साह मिल्थ्याे । जिल्लामा उत्कृष्ट भएर काठमाडौं पढ्न गएको र अस्कल क्याम्पसमा विज्ञान विषय पढेको अामा बताउँथिन् ।पछि, थाहा भयाे उनी साेही क्याम्पसमा स्ववियु सभापति पनि भएका रहेछन् । लगत्तै केही समयपछि भर्ती लागेकाे र पल्टनघरमा पदीय बढुवाभन्दा अध्ययनमा मन लगाउने गरेको कुराहरू सुनिन्थे । ‘पढन्ते’ भनेर पल्टनमा लक्सम्बा कहलिएका रहेछन् । वर्दीमै रहँदा उनले स्नातक र स्नातकोत्तर गरेका रहेछन् । पछि, उनले सर्रे विश्वविद्यालयबाट पीएचडी पनि पूरा गरेका रहेछन् । यसरी, एउटा अादरणीय व्यक्तित्वका रूपमा उनी मनमा प्रतिस्थापित भइसकेका थिए । सम्भवतः उनलाई हेरेर गाेरखा ब्रिगेडका कैयन् सेवारत र अवकाशप्राप्त सैनिकहरूले अाजकाे मितिमा उच्च अध्ययन पूरा गरिरहेका छन् । उनीसँग भने भेट हुन बाँकी थियोे ।

बेलायतमा पङ्क्तिकारकाे अागमन भएपछि भने भेट हुने सम्भावना बढेको थियाे । तर, अवसर जुरिरहेकाे थिएन । सेन्टर अफ नेप्लिज स्टडिज(सीएनएस) स्थापना र त्यसका लागि उनले गरेका शाेधहरू पठनीय थिए । केही रिसर्च वेभसाइटमा पनि हेर्ने अवसर मिल्याे । प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयमा पनि उनी जाेडिए । एनअारएनए यूकेमा पनि काम गरे । सबैभन्दा उल्लेख्य पक्षचाहिँ गाेरखा सैनिकहरूकाे न्याय र समानताको अान्दोलनमा उनी प्राज्ञिक ढंगले अाबद्ध भए । बेलायती गाेरखा सैनिकहरूमा डा. लक्सम्बा र डा. रामनारायण कन्दङ्वा गरेर दुई डाक्टरहरू उत्पादन भएको कुराले मन कम्ता गदगद हुँदैन थियाे । अझ, समानताकाे अान्दोलनमा यी दुई पात्रहरूकाे नामले बेग्लै वजन मिलेको भान हुन्थ्यो । हामी ‘भाञ्जा/भाञ्जी’ टाेलीहरू ऋणी पनि छाैँ । तर, भेट हुन अझै समय कुर्नु पर्‍याे ।

अन्ततः सन् २०१९ काे बर्खा याममा भेट भयाे । अगष्ट महिनामा अल्डरसटमा भएको ताप्लेजुङ समाज यूकेकाे वार्षिक भेलामा डा. लक्सम्बा धर्मपत्नीसहित अाएका थिए । सिकैँचा(कुञ्जारी) कै भएकोले झन् नजिककाे याक्थुङ्बा अनुभव भइरहन्थ्याे । याङ्वरक थुममा सिकैँचा, सिनाम, अाम्बेदेन, थुम्मेदेन नजिकका गाउँहरू पनि हुन् ।

भेट लगत्तै तस्वीर लिने काम भयाे । चिनापर्ची गर्ने क्रममा बाल्यकालदेखिकाे जानकारी सबै सुनाएपछि उनले भने – “हाल्ले कुस्सा बे ? अात्ताे हिम् वा बी ?” प्रत्युत्तरमा “नविन थेवे र सिनाम अाम्बेदेन” भनेपछि धाप मारे । थाेरै गाउँकाे । थाेर‌ राजनीति । अनि, समुदाय । र, बेलायतकाे विषयमा गफियाैँ । त्यतिञ्जेल उनी खुल्ला विश्वविद्यालयका प्राध्यापक भइसकेका रहेछन् । नेपाल सरकारले उनलाई बाैद्ध विश्वविद्यालयकाे सिनेट सदस्यमा समेत नियुक्त गरेका रहेछन् । ‘कलेज ड्रपअाउट’ भएको मान्छे भन्ने सुनाएपछि तनाव नलिन अाग्रह गर्दै बेलायतमै बसेर भएपनि खुल्ला विश्वविद्यालयमार्फत् अधूराे पढाइ पूरा गर्न सुझाए । उनले विद्यार्थीहरूकाे सङ्ख्या बढे लन्डनस्थित दूतावासमा परीक्षा केन्द्र राख्न पहल समेत गर्ने बताउँदा खुसीको सीमा थिएन । भविष्यका लागि भनेर डा.सापकाे नम्बर पनि टिप्ने काम भयाे । केही मान्छेहरूले उनलाई तानेर लगेपछि हाम्रो संवाद अवरुद्ध भयो । तर, पहिलो भेट र संवाद अविस्मरणीय रह्याे । नेकपाकाे सरकारले उनकाे विद्वता र क्षमतालाई उपभाेग गर्न सम्भवतः विशेष राष्ट्रिय जिम्मेवारी दिने पनि यदाकदा सुन्नमा अाउँथ्याे । खैर, उनी प्राध्यापकीय पेशाकाे मज्जा लिनमै तल्लीन थिए ।

भेट भएको र छुटेकाे करिब डेढ वर्षपछि मङ्गलबार अत्यन्तै अप्रिय खबर सुनियाे । काममा जानुअघि नेपालबाट किरात याक्थुङ चुम्लुङ नेपालका उपाध्यक्ष उपप्राध्यापक प्रेम येक्तेनले म्यासेज गरेका रहेछन् – “अमित सर, डा. चन्द्र लक्सम्बा बित्नु भा हाे र ?” साेमबार काठमाडौंमा भएको बृहत नागरिक अान्दोलनकाे प्रतिगमनविराेधी मार्चपासमा घाइते भएका येक्तेनलाई स्वास्थ्यलाभकाे कामना गरेर केही नाेट सम्प्रेषण गरेको केही समयलगत्तै मनकाे गति बढाउने प्रश्न तेर्स्याे । यसबारे पुष्टि गरेर म्यासेज गर्ने बताएपछि कामतिर लागियाे । कामकाे अवधिभर मन छट्पटाइ रह्याे । ब्रेककाे समय अाउनेबित्तिकै हात माेबाइलमा गयो । त्यतिञ्जेल सामाजिक सञ्जाल श्रद्धाञ्जलीका खबरले ढाकिसकेकाे रहेछ । मन मस्तिष्क स्तब्ध भयो ।

हामीले एक हाेनहार, प्रेरक, उर्जाशील र बा‌‌‌ैद्धिक व्यक्तित्व डा. चन्द्र लक्सम्बालाई ५९ वर्षकाे उमेरमा गुमायाैँ । उनले नेपाली समाजमा रिक्तता छाडेर गए । नेतृत्वकाे बागडोर पनि छेउमा राखेर निदाए । काेराेना महामारीले पुर्‍याइरहेकाे मानवीय क्षतिकाे घाउ भीषण छ भन्ने थप पुष्टि भयाे । मस्तिष्क घातबाट उनको देहान्त हुँदा यूकेमा काेराेनाका कारण मृत्यु वरण गर्नेकाे सङ्ख्या एक लाख नाघ्याे । जेहाेस् हामीले एक अभिभावककाे साथ पनि गुमायाैँ ।

उनै एक प्रेरक व्यक्तित्वप्रति हार्दिक श्रद्धा सुमन ।

२७ जनवरी, २०२१
▪️▪️▪️

अमित थेबे मिहाङ (याक्थुङ्बा) बेलायत ।

प्रतिक्रिया लेख्नुहोस्