माघ १५, याङ्वरकफोकस / प्रदेश-१ मा पछिल्लो २४ घण्टामा थप पाँच जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा प्रदेश नम्बर १ को मोरङमा १ जना, सुनसरीमा १ जना, ओखलढुंगामा १ जना, सोलुखुम्बुमा १ जना र उदयपुरमा १ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस संगै नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९१ जनामा परिक्षण गर्दा २१३ जनामा कोरोना संक्रमण देखिएको र २९६ जना कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको मृत्यु भएको छैन ।

आजसम्म नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ६० हजार ८ सय ६० जना पुगेको छ । नेपालमा निको हुनेको संख्या २ लाख ६५ हजार ३ सय ६५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्