माघ १५, याङ्वरकफोकस / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपि शर्मा ओलिको निरंकुशतालाई चाडैं अन्त्य गर्ने बताएका छन् । प्रचण्डले बिहीबार बुटवलमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीको निरंकुशतालाई छिट्टै अन्त्य गर्ने बताएका हुन् ।

आफैले प्रस्ताव गरेको प्रधानमन्त्री ओलिनै निरंकुश बन्दा देशमा संकट आइपरेको र अब हामीले ओलीको निरंकुशताको छिट्टै अन्त्य गर्दैछौं,’ उनले भने ।

प्रचण्डले भने ‘अब हामी विकास र समृद्धिको नयाँ योजना लिएर आउँदैछौं । अब हामी नयाँ युगतर्फ देशलाई लैजानेछौं ।’ अहिलेको राजनीतिलाई सहि बाटोमा ल्याएर दुई वर्षभित्र नेपाललाई विकासको मार्गमा डोर्‍याउने समेत दावी गरे ।

प्रधानमन्त्री ओलिको मात्र विरोध नगरी गलत विचार, मान्यता र गलत विधिको विरोध गर्न समेत आग्रह गरेका छन् ।

प्रचण्डले भने, ‘जनताको अदालतले जनताको फैसला गर्नेछ र जनअदालतने सबैभन्दा ठूलो हो ।’

प्रतिक्रिया लेख्नुहोस्