गान्तोक बजार (कविता)

✍️नाम : रत्ना सुब्बा लक्सम

ओ ! ऽऽ प्रिय
अति प्रिय गान्तोक ।
माता सिताको,
हरण भए भैँ ।
तिम्रो पवित्रताको,
तिम्रो सुन्दरताको ।
हरण नहोस्, कहिलै,
मन्छु म ।

ए ! ऽऽ अनुपम
सृष्टिकि रानी ।
जाज्वल्यमान,
सिक्किमको मुकुट ।
ओ ! ऽऽ प्रिय,
गान्तोक

कति !  ऽऽ मनमोहक,
छौ तिमी ।
र मुटुभित्र बसेको छौं,
पर्यटकहरुको आनन्दका,
उपभोक्ता तिमी ।
गाउँ बस्तिका,
सोझा,निमुखाहरुका,
प्रेम र रङ-रस
हौ तिमी ।
ओ ! ऽऽ सौर्न्दर्यकि
रानी गान्तोक ।
तिम्रा वर-पर, छेउ-छाउ,
स्वच्छता र पवित्रताको,
एउटा कञ्चनजङ्घा, उभ्याउ
तिम्रो मुहार मात्र,
सुन्दर देखिएर कहाँ पुग्छ र ?
तिमी, अझै सर्वत्र
परिशुद्व हुनुबाँकी नै छ,
तिमी मुक नबन,
आवाज उठाउ,
विद्रोह बोल ।
तिमीलाई थाहा छ ?
तिम्रा परिसरमा
राम, लक्ष्मण र भरत,
मात्र होइन ।
धेरै रावण र दुर्योधन
पनि जन्मेका छन् ।
तिम्रा वस्त्र खिच्ने,
दुष्शासनको हातहरु
च्वाट्ट काटि देउ ।
तिम्रा पारखिहरुमा उर्जा भर ।
तिम्रा मन मस्तिष्कमा,
अदम्य साहस भर
ओ ! ऽऽ रुपकी रानी, गान्तोक,
ओ ! ऽऽ सौर्न्दर्यकि खानी,गान्तोक
तिम्रा अपरिमित वरदानको,
अनुरुप एउटा विष्पोट छरेर
यहाँ एक पल्ट फेरि
रामायणको कथा दोहोर्‍याऊ,
रावणको वध गर ।
तिमी द्वापर युगको
सीता सावित्री होइनौं,
तर सत्ययुगको,
माता दुर्गा बनिदेऊ
कलियुगको लक्ष्मीवाई बनिदेऊ ।___________________________________________ठेगाना: उत्तर बुर्तुक गान्तोक
उत्तर सिक्किम
Gmail : Ratnasubba0001@gmail.com

प्रतिक्रिया लेख्नुहोस्