माघ १७ सनिबार
प्रतिनिधि सभा विघटनको विरोध गर्दै सहिद दिवसका अवसरमा शिल्पी थिएटरका कलाकारहरूले काठमाडौको टेकुमा नाट्य प्रस्तुति दिएका छन् । बृहत नागरिक आन्दोलनको आव्हानमा शुक्रबार आयोजित उक्त कार्यक्रममा सहिद शुक्रराज शास्त्रीलाई फाँसी दिइएको रुखमुनि उनीहरुले नाटक देखाए । शुक्रराज शास्त्रीको जिवनमा आधारित नाटकमा युवराज घिमिरेको मुख्य भुमिका रहेको थियो ।

त्यस्तै कार्यक्रममा नागरिक आन्दोलनकाे अगुवाइ गर्दै आएका पत्रकार नारायण वाग्ले लगायत उपस्थित थिए । प्रदर्शनकारीहरु ‘समृद्धिया यात्रा ओलीया गाईजात्रा’, ‘ओलीवादको अहंकार लोकतन्त्रमाथि प्रहार’, ‘जो रक्षक उही भक्षक’ लगायतका नारा लेखिएका प्लेकार्ड र कार्टुनसहित प्रस्तुत भएका थिए ।

 

प्रतिक्रिया लेख्नुहोस्