माघ १७, याङ्वरकफोकस / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट स्रोत नखुलेको नेपाली नगद १० लाख रुपैयाँ र १ हजार ५ सय अमेरिकी डलर सहित काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने २८ वर्षीय आशिष खाती क्षेत्रीलाई शुक्रवार राति प्रहरीले पक्राउ गरेको छ ।

नेपाल एयरलाईन्सको उडानद्वारा दुवाई जान लागेका क्षेत्रीलाई जाँच गर्ने क्रममा उक्त रकम सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । रासस

प्रतिक्रिया लेख्नुहोस्