फक्ताङलुङ मुस्कुराएको मनपर्छ (कविता)

✍️माबोहाङ मोहन

मलाई त्यो शुदुर पुर्वको लिम्बुवान लाजेमा
सुनौलो बिहानिको आगमन संगै,
पर …..!क्षितिजमा
फक्ताङ्लुङ मुसुक्क मुस्कुराएको मनपर्छ ।
रात पछिको एक सुनौलो सम्भावनालाई
लिएर आउने बिहानी संगसंगै,
त्यो लिम्बुवान लाजेमा ,
चिर निदरिमा सुतिरहेका याक्थुङ्बा हरुलाई ,
पोगिरो ………….हौ……….!
भन्दै बिउझाउने ईङ्वा बासेको मनपर्छ ।
र त,
बिहानै उठ्ने बितिक्कै,
मुक्कुमलुङमा को साक्क्ष्यात दर्शनमा
मन्त्र मुग्द्ध हुन्छु
अनी लिम्बुवान मा लाजेको प्रणाम गर्छु ।
त्यति मात्र होइन म संग यहाको माटो संग
अनि त्यो भौगोलिक लिम्बुवान नाम संग
यहाँको मौलिक रितिरिवाज, संस्कार,
संस्कृति संग
सदियौ देखिन चिरपरिचित र
घनिसष्टता भएकोले नै होला,
यहाँको चासोक तङ्नाम, कक्फेवा तङनाम, सिसेक्पा तङ्नामा,
अनि मेख्खिममा, के,च्याब्रुङ को ताल मा,
च्याम ……ब्रुङ………ब्रुङ गर्दै,
सरलाई….. सर …..को भाकामा गाएको
के, साम मनपर्छ ।
परा पुर्व काल का ऐतिहासिक मुन्धुमी कुराहरू ,
ओ……रिल्लो ………..ए………!
भन्दै हाक्पारे को लयमा
याक्थुङ तुतुतुम्याहाङ हरुले ,
हाक्पारे गाएको मनपर्छ ।
त्यसरिनै मनले मनलाई जोड्दै
संबन्ध हरुलाई जीवन्तता दिलाउदै ,
याक्थुङ थाङबेन, मेन्छिङले
सुरिलो मायालु भाकामा स्वर मा स्वर मिलाएर,
गाएको पालाम अनि ख्यालि मनपर्छ ।
यहाँको माटो, बाटो, हावापानी, सबैसबै मनपर्छ ।

__________________________________________

प्रतिक्रिया लेख्नुहोस्