बहराइनमा कार्यरत नेपालीहरूलाई कोरोना विरुद्धको निःशुल्क खोप

माघ १८ आइतबार

बहराइन सरकारले बहराइनका नागरिक सरह त्यहाँ कार्यरत नेपाली नागरिकलाई पनि निःशुल्क कोरोना विरुद्धको खोप उपलब्ध गराइरहेको छ । साथै बहराइन सरकारले अहिलेसम्म पनि खोपका लागि नाम नटिपाउनेहरुलाई पनि आफ्नो नाम समयमै दर्ता गराउन आग्रह पनि गरेको छ ।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले खोपको दुवै मात्र लिएको र उहाँमा कुनै पनि स्वास्थ्य जटिलता नदेखिएको बहराइन नेपाली दूतावासले जनाएको छ ।

दूतावासले समयमै बहराइन सरकारले उपलब्ध गराएको खोप लगाउन अनुरोध पनि गरेको छ । खोप आए पनि कोरोनाको जोखिम कम नभएकाले मास्क लगाउन, भौतिक दुरी कायम गर्न र अन्य स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्न पनि दूतावासले सबै नेपालीहरूलाई आग्रह गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्