माघ २०, याङ्वरकफोकस / राष्ट्रिय जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीति होेइन अन्तर्राष्ट्रिय हास्य प्रतियोगितामा नेपालको तर्फबाट भाग लिनुपर्ने बताएका छन् ।

राष्ट्रिय जनता समाजवादी पार्टी नेपाल निकट राष्ट्रिय जनता समाजवादी युवा संघ नेपालले सोमबार दमकको कनकाई पार्टी प्यालेसमा गरेको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै महतोले ओलिलाई राजनीति होईन हास्य प्रतियोगितामा भाग लिन सुझाव दिएका हुन् ।

महतोले संवैधानिक ‘कू’ गरेकाले पहिचानवादी शक्ति वैकल्पिक रुपमा सडकमा उत्रिनु पर्ने समेत बताए । नेकपा र काङ्ग्रेसको राजनीतिक एजेण्डा सबै समाप्त भईसकेको र अब हिमाल ,पहाड तराईका जनताहरु एक भएर धर्म निरोपेक्षता, संघीयता र गणतन्त्रलाई संस्थागत गर्न सबै लाग्नु पर्ने बताएका थिए ।

नेपाली काङ्ग्रेस, नेकपा, राप्रपा, सद्भावना पार्टी लगायत अन्य पार्टी बाट झन्नै तीन सय जनाले पार्टी परित्याग गरी राष्ट्रिय जनता समाजवादी पार्टी,नेपालमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्