झापा- माघ २०/  झापाको बिर्तामोड पश्चिम बस स्टेण्डमा बसको ठक्करबाट १ जना पैदल यात्रीको ज्यान गएको छ । मृतक बिर्तामाेड–६ का ३९ वर्षीय सागर मिश्र रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

गुडिरहेकाे बसमा मिश्र छिरेपछि दुर्घटना भएको खुलेकाे छ। बसका चालक र बसलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यलय अनारमनी लगि थप अनुसन्धान भईरहेकाे प्रहरिले जनाएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस्