आदिवासी जनजाति साहित्यकार महासङ्घ नेपालको फागुनमा राष्ट्रिय भेला हुँदै
माघ २० मंगलबार
आदिबासी जनजाति साहित्यकार महासंघले आदिबासी समुदायका श्रष्टाहरु विच साहित्यका सिर्जना बारे छलफल गर्न दुईदिने राष्ट्रिय भेला गर्ने तयारी गरेको छ । आउँदो फागुन २९ र चैत १ गते हुने भेला भच्र्युल माध्यम बाट हुनेछ । महासंघको आइतबार बसेको पहिलो बैठकले उक्त निर्णय गरेको गरेको संयोजक राजन मुकारुङले बताएका हुन् । पहिलो बैठक पनि भच्र्युअल माध्यममा भएको थियो ।
जनजाती सर्जकहरूको कार्यनीति एवम् रणनीति तय गर्न आदिवासी जनजाति साहित्यकार महासङ्घ, नेपालले फागुनमा राष्ट्रिय भेला गर्ने भएको छ । आदिवासी जनजातिका मुद्दाहरूलाई थप उचाइमा पु¥याउनका लागि भन्दै महासङ्घले भेला आयोजना गर्न लागेको हो ।
भेलामा केन्द्रीय समिति, राज्य समिति र प्रवास प्रतिनिधिहरूको सहभागिता रहने छ । संयोजक मुकारुङका अनुसार भेलामा आदिवासी सिमान्तकृत समुदायका मुद्दाहरू साहित्य र सिर्जना मार्फत् बुलन्द गर्न श्रष्टाहरु विच रणनीति तय गर्न छलफल हुनेछ । उनले भने ‘राज्यको एकात्मक चरित्रविरूद्ध श्रष्टाहरु वैचारिक हिसाबले क्रियाशील रहनेछन् ।’ राष्ट्रिय भेलाले सङ्गठनको विधि विधान र आगामी कार्ययोजनाहरूको तय गर्ने उनले बताए ।
बैठकमा सहभागी कवि लेखक अमित थेवेका अनुसार केन्द्रीय सदस्य डा. विष्णुकुमार सिञ्जालीको संयोजकत्वमा पाँच सदस्यीय विधान तयारी समिति गठन गरेको छ । समितिका सदस्यहरूमा डा. सोमबहादुर धिमाल, उत्तम सुनुवार, सीता तुम्खेवा र उर्मिला गम्वा थारू छन् । समितिलाई फागुन १५ गतेसम्म विधान निर्माण गर्न जिम्मेवारी तोकिएको छ ।
भेलाको तयारी स्वरुप बैठकले राज्य समितिहरूलाई पूर्णता दिने निर्णय गरेको छ । सबै राज्य समिति र सम्भव भएका प्रवास समितिहरूलाई फागुन १५ गतेसम्म पूर्णता दिइने सचिव बुद्ध योञ्जन लामाले बताए । पहिलो बैठकमा केन्द्रीय समिति, राज्य समिति संयोजकहरू र विभिन्न मुलुकका प्रवास संयोजकहरू सहभागी भएको थिए ।
गएको माघे संक्रान्तिको दिन घोषणा भएको साहित्यकार महासङ्घको ३४ सदस्यीय केन्द्रीय तदर्थ समिति, आठ राज्य समिति संयोजक र १४ प्रवास संयोजकहरू घोषणा गरेको थियो । महासङ्घलाई नेपाल आदिवासी जनजाति महासङ्घले सम्बद्ध संस्थाका रूपमा मान्यता दिएको छ ।