माघ २२, याङ्वरकफोकस / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल (प्रचण्ड-नेपाल) समुहले आज (बिहीबार) देशव्यापी आमहडताल आव्हान गरिने भन्दै सार्वजनिक गरेको विज्ञप्तिप्रति गृह मन्त्रालयले ध्यानाकर्षण गरेको छ । मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपालको संविधान तथा प्रचलित कानुनविपरीत शान्ति सुरक्षामा खलल पुग्‍ने काम गरे कानुनअुनरुप कारबाही गरिने उल्लेख गरेका हुन् ।

‘शान्ति सुरक्षामा खलल पुग्नेगरी तोडफोड, आगजनी र जवरजस्ती लगायतका अवाञ्‍छित गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधिमा संलग्न हुने उपर कानून बमोजिम कारबाही हुने विज्ञप्तिमा जनाएको छ । दैनिक रूपमा सञ्‍चालित उद्योग, यातायात, पेशा, व्यवसाय सञ्‍चालनमा कुनै बाधा अवरोध पुग्‍न नदिनेगरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने समेत विज्ञप्तिमा उल्लेख छ ।

गृह मन्त्रालयले जारी गरेको विज्ञप्ति

प्रतिक्रिया लेख्नुहोस्