माघ २२, याङ्वरकफोकस / अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेम कुमार राईले भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना गर्ने बताएका छन् । नवनियुक्त राईले बुधबार पदभार ग्रहण गरेका हुन् । प्रमुख आयुक्तमा राई संगै आयुक्त किशोर कुमार शिलवाल र जयबहादुर चन्दले पदभार ग्रहण गरेका थिए ।

राईले पदभार ग्रहण गर्दै जनताप्रति इमान्दारीता र निष्ठापूर्वक काम गर्ने बताए ।उनले भने, ‘नेपाली जनता र नागरिक समाजको आयोग प्रतिको आकांक्षा, विश्वास र भरोसा उच्च रहेकोले आगामी दिनमा उक्त चाहना एवं भावना बमोजिम काम गर्ने चुनौती आयोगमा रहेको छ ।

सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना साकार पार्न आयोगले महत्वपूर्ण भूमिका निर्वाह गर्ने, आगामी दिनमा आयोगमा कार्यरत जनशक्तिको क्षमता विकास र उत्प्रेरणा अभिवृद्धि गर्ने तथा आयोगलाई नँया उचाईमा पुर्याउने विषयमा आफू सँधै क्रियाशिल रहने प्रतिवद्धता राईले व्यक्त गरेका छन् ।

पदभारपछि राईले आयोगका कर्मचारीहरुलाई निर्देशन दिदै आयोगको साँखलाई अझ उचाईमा पुर्याउन चुनौती पार गर्दै साझा जिम्मेवारी वहन गर्नुपर्ने बताए ।

प्रतिक्रिया लेख्नुहोस्