माघ २२, याङ्वरकफोकस / काठमाडौंको गोंगबुमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समुहको कार्यकर्ताले ट्याक्सीमा आगजनी गरेको छ । आज (बिहीबार) बिहान धादिङका खुम्ब नारायण श्रेष्ठको प्रदेश ३-०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहका अनुसार ‘प्रदर्शनकारीहरूले आगजनी गरेका थिए । सिंहले ट्याक्सीमा पूर्ण रूपमा क्षति पुगेको बताए ।

बिहीबार बिहानैदेखि चोकचोकमा  बाक्लो मात्रामा सुरक्षाकर्मीहरु खटिएको र अहिलेसम्म प्रहरीले हड्ताल गर्दै हिड्ने ५६ जनालाई नियन्त्रणमा लिइसकेको एसएसपी सिंहले जानकारी दिए ।

प्रचण्ड-नेपाल समूहले बुधबार पत्रकार सम्मेलन गर्दै आमहड्ताल गर्ने घोषणा गरेका थिए । सविधानको बेवास्ता गर्दै संवैधानिक आयोगहरूमा नियुक्ति गरेको भन्दै हड्तालको घोषणा गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस्