माघ २२,याङ्वरकफोकस//यहीँ माघ भित्र दुई वटा कम्पनीले सर्बसाधरणको लागि आईपीओ बिक्री खुल्ला गर्दै छ।ग्रीन लाइफ हाइड्रोपावरको ३४ लाख ९६ हजार ४०० कित्ता र महिला लघुबित्त बित्तीय संस्था लिमिटेडको ४ लाख कित्ता शेयर बिक्री खुल्ला हुँदैछ।
ग्रीन लाइफ हाइड्रोपावर
ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडले माघ २३ गतेदेखि सर्बसाधारणको लागि आईपीओ विक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यको ३४ लाख ९६ हजार ४०० कित्ता शेयर विक्री गर्न लागेको हो । यस अघि आयोजना प्रभावित स्थानियलाई आईपीओ विक्री खुला गर्दा वितरण हुन नसकेको १६ लाख ८६ हजार ४०० कित्ता समेत जोडेर कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्न लागेको हो ।

कुल कित्तामध्य १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानीकोषको लागि र ६९ हजार ९२८ कित्ता शेयर कम्पनीका कर्मचारीमा बाँडफाँट गरी बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ता शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्न लागिएको हो । यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म छिटोमा माघ २७ गते र ढिलोमा फागुन ७ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी बी प्लस (आइएस) रेटिङग प्रदान गरेको छ । उक्त रेटिङ्गले निष्कासनकर्ता कम्पनी वित्तीय दायित्व पुरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ । यो आईपीओ विक्री प्रबन्धकमा बिओके क्यापिटल रहेको छ ।
महिला लघुवित्त
महिला लघुवित्त वित्तिय संस्था लिमिटेडले माघ २८ गतेदेखि सर्बसाधारणको लागि साधारण शेयर (आईपीओ) बिक्रि खुला गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यको ४ लाख कित्ता शेयर विक्री गर्न लागेको हो ।संस्थाको जारी पुँजी १० लाखको ४० प्रतिशत हुन आउने ४ करोड रकम बराबरको जारी गर्न लागिएको ४ लाख कित्ता शेयर मध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरु तथा सर्वसाधरणलाई छुट्याइएको शेयर मध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरि बाँकी रहने ३ लाख ७५ हजार कित्ता साधारण शेयरको सार्वजनिक निष्काशन गर्न लागेको जनाइएको छ ।

यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म छिटोमा फागुन २ गते र ढिलोमा फागुन १२ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया लेख्नुहोस्