माघ २२, याङ्वरकफोकस / प्रदेश-१ मा पछिल्लो २४ घण्टामा थप दुई जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा प्रदेश नम्बर १ को धनकुटामा मात्र २ जनालाई कोरोना संक्रमण देखिएको छ ।

यस संगै नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ७८ जनामा परिक्षण गर्दा १ सय ७१ जनामा कोरोना संक्रमण देखिएको र २ सय २७ जनामा कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

आजसम्म नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ८५ हजार ५ सय ७३ जना पुगेको छ । नेपालमा निको हुनेको संख्या २ लाख ६७ हजार २ सय ९२ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्