माघ २२, याङ्वरकफोकस / देशको कुना-कुनामा लुकेर रहेको प्रतिभालाई प्रोत्साहन गर्ने उदेश्यले संचालित “तोरि पेलि तेल” नामक म्युजिक भिडियोको कभर डान्स सार्वजनिक गरिएको छ । प्रतिस्पर्धी नम्बर ११ को कभर भिडियो क्याडी इन्टरटेन्डमेन्ट युट्युब च्यानल मार्फत मंगलबार सार्वजनिक गरिएको हो ।

गीतकार दिपक पौडेलको शब्द संगीतमा प्रनय क्याडी श्रेष र अस्मिता अधिकारीले यस गीतमा आवाज भरेका छन् । आधिकारिक भिडियोमा पल शाह र आचल शर्माको अभिनय रहेको छ ।

कभर भिडियोमा एजे डान्स कृउका मेम्बर अरुण वाजि लिम्बु (एजे), नरेश खत्री, सबिना बिके, संगिता साम्बा लिम्बु र बबिता बिकेको अभिनय देख्न सकिन्छ । ‘एजे’ले कभर भिडियोलाई निर्देशन गरेका हुन् ।

कभर भिडियो विजेताले १ लाख ५० हजार साथै एउटा म्युजिक भिडियोमा खेल्ने अफर र आकर्षक उपहार जित्ने छन् ।

“तोरि पेलि तेल” कभर भिडियोमा

कभर भिडियो बनाउदा पालना गर्नुपर्ने नियमहरु
देशको कुना कुनामा लुकेर रहेको प्रतिभालाई प्रोत्साहन गर्ने उदेश्यले सञ्चालित Caddy Entertainment को गौरवमय प्रस्तुति ‘तोरी पेली तेल’ नामको म्यूजिक भिडियो आज रिलिज भएको जानकारी गराउदछौ । ‘तोरी पेली तेल’ बोलको गीतमा कभर भिडियो बनाई हामीलाई पठाउनु होला । ‘तोरी पेली तेल’ बोलको म्यूजिक भिडियोको Dance Competition को विजेताले रु १५०,०००।–, एउटा म्यूजिक भिडियो र आकर्षक उपहार पाउनुहुनेछ भने Competitionको नियम र अवधि, हामीलाई भिडियो पठाउने Email Address र अन्तिम मिति, विजेता घोषणा गर्ने तरिका र मिति लगायतका सम्पूर्ण नियम र विवरण तल बुदागत रुपमा दिइएको जानकारी गराउदछौ । १. प्रतियोगितामा भाग लिनको लागि कुनैपनि शुल्क तथा फारम भर्न पर्दैन । २. क्याडी इन्टरटेन्डमेन्टलाई लाइक, कमेन्ट, सब्सक्राइव अनिवार्य गनुर्पेछ । ३. पूरा गीतमा नृत्य गर्नुपर्ने हुनेछ । ४. एक जना वा विभिन्न ग्रुप (समूह) ले सहभागी लिनसक्नुहुनेछ । ६. उमेरको हदबन्दी हुनेछैन कुनै पनि उमेरसमूहले सहभागी लिन पाउनुहुनेछ । ७.जस्तो सुकै क्यामरा वा मोवाइलको क्यामरा बाट खिच्न सक्नुहुनेछ । ८. आफूले बनाएको भिडियो पठाउदा आफ्नो नाम वा ग्रुपको नाम, सम्पर्क नम्बर र ठेगाना पठाउनु पर्नेहुन्छ । ९. तपाईहरुले पठाएको भिडियोलाइ, सेन्सर गरेर मात्र हाम्रो च्यानेलमा अपलोड गरिनेछ । १०. भिडियो पठाउने अन्तिम मिति २०७७ फाल्गुण १६ गते सम्म मात्र हुनेछ । ११. तपाईहरुको भिडियोमा आएको भिउज, लाइक र कमेन्टलाई जोडी नतिजा २०७८ बैशाख १ गते सार्वजनिक गरिनेछ । डिस्लाइकलाई भने जोडिनेछैन । १२. पठाएको भिडियो अपलोड भएको मिति देखि २०७७ चैत्र ३१ सम्म आएको लाइक, कमेन्ट र भिउजलाई मात्र प्रतियोगितामा मान्यता दिइनेछ । तपाईहरुको भिडियो हामीलाई Email : pcaddyshrestha@gmail.com मा पठाउनु पर्नेछ । भिडियो अपलोड लगायत कम्पिटिसनको सम्पूर्ण अपडेट आधिकारिक YouTube Caddy Entertainment मा अपलोड र फेसबुक पेज Praneymusic मा पोस्ट गरिने हुदा Caddy Entertainment YouTube Channel लाई Subscribe र फेसबुक पेज Praneymusic लाई Like and Follow गर्न नभुल्नुहोला । विस्तृत जानकारीका लागि +977-9818041679 / 9842235323 +61-434060835 (Australia) pcaddyshrestha@gmail.com

प्रतिक्रिया लेख्नुहोस्