२६ बर्ष पछि योङहाङ कुल वंश प्रतिष्ठानले नयाँ नेतृत्व पायो 

माघ २३ शुक्रबार 

किरात योङहाङ कुलवंश प्रतिष्ठानको २६औं साधारण सभाले नयाँ नेतृत्व पाएको छ । माघ २० र २१ गते झापा माईधार स्थित प्रतिष्ठानको चौथो अधिबेशनबाट धनराज योङहाङको नेतृत्वमा ९ सदस्यीय निर्वाचित केन्द्रिय समिति गठन भएको छ । धन राज योङहाङको अध्यक्षतामा उपाध्यक्षहरू करण योङहाङ, नेत्र बिक्रम योङहाङ, दुर्गाबहादुर योङहाङ, महासचिव नन्द राज योङहाङ, सचिव अर्जुन योङहाङ, सह-सचिव सान्ता योङहाङ, कोषाध्यक्ष नरदिप योङहाङ र सदस्य दलबहादुर याेङहाङ निर्वाचित भएका छन् ।

प्रतिष्ठानका संस्थापक अध्यक्ष शेरसिं योङहाङले २६ बर्षसम्म लगातार अध्यक्षमा रहेर प्रतिष्ठानलाई नेतृत्व गरेका थिए । किरात योङहाङ कुलवंश प्रतिष्ठानले आयोजना गरेको २ दिने कार्यक्रम माघ २० र २१ गते झापा कन्काई माईधाम(योङहाङ चुम्भोदेन हाङयुक्ना) स्थित सम्पन्न गरेको थियो । उक्त कार्यक्रमको पहिलो दिन माङहुप/गालिश्राप र दोस्रो दिन प्रतिष्ठानको २६औं साधारणसभा संगै प्रतिष्ठानको केन्द्रिय चौथो अधिबेशन कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रममा छेलो हान्ने, तिर हान्ने र हण्डि फुटाउने खेल समेत सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा याक्थुङ किरात मिथक र मुन्धुमका ज्ञाता तथा कलाकार यासेली योङहाङ, योङहाङ समाज काठमाडौका अध्यक्ष र राजनितिकर्मी फक्ताङ्लुङ योङहाङ लगायत विभिन्न सामाजिक ब्याक्तित्व र बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमलाई प्रकाश योङहाङ र शान्ता योङहाङले संचालन गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्