माघ २३, याङ्वरकफोकस / एजेन्सी, बेलायतबाट पहिलो पटक नेपाली महिला फुटबल खेलाडी अञ्जली तुम्बापोको नाममा घडी बनेको छ । उक्त घडी “गोरखा वाच” नामक कम्पनीले बनाएको हो ।

तुम्बापोको नाममा बनेको यस घडी चाडैं बिक्रीका लागि सार्वजनिक हुने भएको छ । बिक्री गरिने घडी सिमित संख्यामा रहने सो कम्पनीले जनाएको छ ।

तुम्बापो नेपाली महिला राष्ट्रिय फुटबल टिमकी गोलकिपर हुन् । उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेकी छिन् र हाल सशस्त्र प्रहरी बलको फुटबल टिममा आबद्ध भई जारी राष्ट्रिय महिला लिगहरुमा सहभागिता जनाईरहेकी छिन् ।

प्रतिक्रिया लेख्नुहोस्